भक्तको गीत ‘रुँदा रुँदै’ मा एकल महिलाको पीडा
एकल महिलाको कथा सशक्त रुपमा उठाइएको गीत ‘रुँदा रुँदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाएको छ ।
भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छाअनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनु पर्छ भन्ने सन्देश भिडियो निर्देशक कोइरालाले बताए । ‘महिलाको विषयमा काम गर्ने विभिन्न संघ–संस्था छन् । ती सबै शहर केन्द्रित बढी देखिन्छ’ निर्देशक कोइरालाले भने– ‘एकल महिलाको विषयमा काम गर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले चाहेको व्यक्तिसँग जिन्दगी काट्न समाज किन बाधक बन्छ ? भन्ने प्रश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् । दीपक गिरीको छायाङ्कन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टको निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण