शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरोजगार बन्दै तिलाका महिला

शनिबार, ०४ असार २०७९, १० : १८
शनिबार, ०४ असार २०७९

सीप सिकौँ, उद्यम गरौ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तीन महिने सिलाई कटाइ तालिम सम्पन्न भएको छ । 

जुम्लाको तिला गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सिलाई कटाइ सम्बन्धि पुर्नताजकी तालिम समापन भएको हो। समापन कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले  सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे। 

सबै महिलाहरु व्यवसायमुखी र आत्मनिर्भर हुनुपर्नेमा अध्यक्ष रोकायाले जोड दिए। महिलाहरु सीपको कारणले पछाडि नपरून् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखा संयोजक गौरी थापाले बताइन् । 

पछिल्लो समय गाउँगाउँका महिला सिलाई कटाइतर्फ आकर्षित हुन थालेका छन् । महिलालाई आत्मनिर्भर बनाउन तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले तीन महिने सिलाइ कटाइ तालिमलाई प्राथमिकता दिएको छ । तिला  गाउँपालिकाकी उपाध्यक्ष गोरी कला बुढाले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न तालिममा सहभागीलाई आग्रह गरिन् । 

उनले गाउँपालिकाले तिलावासीलाई आत्मनिर्भर बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताइन् । सहभागीले सिकेको सीपलाई सदुपयोग गर्नेमा आफू ढुक्क भएको बताइन् । महिला विकास कार्यक्रम अन्तर्गत गठित महिला समुहहरु समिति र संस्थामा आवद्ध सदस्य, वेरोजगारी, शैक्षिक रुपमा बञ्चित, कहिल्यै विद्यालय नगएका वा गएपनि प्रवेशिका परिक्षा सम्म उत्तिर्ण गर्न नसकेका, शैक्षिक रुपमा वञ्चित आफ्नो जग्गा वा आम्दानीको नियमित स्रोत वा वर्ष दिन खान नपुगेका परिवारका महिलाहरूलाई समाबेश गरिएको थियो ।

तालिममा १० जना महिलाको सहभागिता रहेको थियो । प्रत्येक वडा १-१ जना महिला सहभागी भएका हुन। सहभागी सबैलाई प्रमाणपत्र, कैँची, स्केल, स्टुल, फित्ता, धागो, चक र कपडा लगायत कच्चा पदार्थ सबै  उपलब्ध गराएको छ। सीपलाई जीविकोपार्जनमा जोड्न लागेको गाउँपालिकाले जनाएको छ। 

तालिमका सहभागी तारा परियारले तालिमले महिलाको जीवनमा परिवर्तन ल्याउने बताइन् । आर्थिक, सामाजिक रुपमा पछाडि परेका महिलाको लागि राहत पुग्ने विश्वास लिएको उनको भनाइ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप