पाउनु मात्रै होइन माया’ मा दिक्पाल र साक्षीको अभिनय
सोमबार, ०६ असार २०७९, १३ : २४
गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गरेका छन् । सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । गीतमा त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ ।
भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन र जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ । तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीनसय बढी गीत लेखिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण