निकेश राईको म्यूजिक भिडियो सार्वजनिक
मङ्गलबार, ०७ असार २०७९, १७ : ३९
गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो । गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोको परिकल्पना पनि निकेश राईकै रहेको छ
मकालु–१, वालुङ, संखुवासभाका निकेशले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् । हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनिता संयोगको युगल आवाजमा पनि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु