शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पप गायक विजय लामाको नयाँ गीत सार्वजनिक

बुधबार, ०८ असार २०७९, १५ : २७
बुधबार, ०८ असार २०७९

पप गायक विजय लामाको नयाँ गीत ‘नलाउ भन्छु माया’ सार्वजनिक भएको छ । सञ्जीव पुडासैनीको शब्द तथा संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज छ । गीतको भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय छ । प्रेम, रोमान्स र धोका देखाउन खोजिएको भिडियोमा त्रिकोणात्मक प्रेमकथा समेटिएको छ ।

फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशन रहेको भिडियो नगरकोटमा खिचिएको हो । गायक लामाका यस अगाडि तोङ्गबाको तातो पानी, नखानु पानी तोङ्गबाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु लगायतका गीतले चर्चा पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप