११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन
चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो ।
साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट राज्यले ६ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।
यस अवधिमा नेपाल भित्रिएका उक्त मूल्य बराबरको स्मार्टफोनमध्ये चीनबाट सबैभन्दा धेरै भित्रिएका छन् । चीनबाट ११ महिनाको अवधिमा २२ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४४ लाख १३ हजार सेट फोन भित्रिएका छन् ।
यसपछि, भारतबाट १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको ९ लाख सेट फोन नेपाल भित्रिएको छ । यस्तै, कोरिया, बंगलादेश, हङकङ, भियतनाम लगायत दर्जन बढी मुलुकबाट नेपालमा मोबाइल फोन भित्रिँदै आइरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन