वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचन बने नेपाल एयरलाइन्सको महाप्रबन्धक
नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा दिपु राज ज्वारचनल नियुक्त भएका छन् । उनी निगमकै वरिष्ठ क्याप्टेन हुन् ।
उनी नेपाल सरकार मन्त्रिपरिषदको असार ६ गतेको निर्णयानुसार महाप्रवन्धकको जिम्मेवारीमा आएको प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा बोल्दै उनले पूर्ण सहयोग पाउने अपेक्षाका साथै समग्रतामा सुधारका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालिन योजना र सोका लागि रणनीति एवंम कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढने धारणा व्यक्त गरे ।
सरकारले हालै निगमका महाप्रबन्धक रहेका डिमप्रसाद पौडेललाई बर्खास्त गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतका काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । अहिले आलेले ज्वारचनलाई नयाँ नियुक्ति दिएका हुन् ।