किसानलाई मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइयो
बिहीबार, ०९ असार २०७९, २१ : ५५
उद्योग व्यापार संगठन रुपन्देहीले किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।
किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।