‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक
परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।
तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् । गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।
चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण