शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ भगवानलाई पनि गाह्रो छ (फोटोफिचर)

शनिबार, ११ असार २०७९, ०९ : ११
शनिबार, ११ असार २०७९

देशको संघीय राजधानी काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ । 

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने गरि भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन् । तर संरक्षण भने अझै भएको छैन । 

मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । 

एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन्, र पनि मूर्ति र मन्दिरको संरक्षण हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप