बेल एमएलएस जाने
आइतबार, १२ असार २०७९, ०९ : ०९
वेल्सका कप्तान गेराथ बेलले एमएलएस टोली लस एन्जलिस एफसीसँग अनुबन्ध हुने सहमति गरेका छन् । ९ वर्ष रियल मड्रिड छाडेपछि ३२ वर्षीय खेलाडी अहिले फ्रि–एजेन्ट रहेका छन् ।
पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी प्रिमियर लिग क्लब टोटनहम हटस्पर्स र गृह नगरको क्लब कार्डिफ जाने चर्चा चलेको थियो । तर बेलले ट्वीट गर्दै लस एन्जलिस जाने घोषणा गरेका हुन् । क्लबले भने यसको ‍औपचारिक जानकारी दिन बाँकी रहेको छ ।
सन् २०१३ मा तत्कालीन विश्व कीर्तिमानी ८.५ करोड पाउन्डमा बेल रियल पुगेका थिए । एलएफसीले यसअघि इटालीका डिफेन्डर जर्जियो किएलिनीलाई अनुबन्ध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला