शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति

आइतबार, १२ असार २०७९, १४ : ४९
आइतबार, १२ असार २०७९

हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ ।  सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको हो ।

नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो ।  हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले एमालेले राखेको मागका विषयमा तीन बुँदे सहमति भएको जानकारी दिए ।

उनकाअनुसार एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगर सभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । त्यस्तै विषयगत समितिहरु बहुमत सदस्य रहेको एमालेसँग छलफल गरि सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट निर्णय गर्ने सहमति भएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप