मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जी-७ देशहरूको बैठक अघि रुसद्वारा किभमा मिसाइल प्रहार

आइतबार, १२ असार २०७९, २२ : ००
आइतबार, १२ असार २०७९

रुसमाथि थप प्रतिबन्ध लगाउने उद्देश्यले विश्वका जी-७ देश युरोपमा जम्मा भएका छन् भने अर्कोतर्फ रुसले आइतबार युक्रेनको राजधानी कीभलाई निशाना बनाउँदै मिसाइल प्रहार गरेको छ । कीभमा विगत केही हप्तामा पहिलो पटक हमला भएको हो ।

यसअघि शनिबार युक्रेनको पूर्वी सहर स्वेइरो डोनेस्क रुसी सेनाको कब्जामा गएपछि युक्रेनलाई ठूलो धक्का लागेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार सेन्ट्रल कीभमा बिहान चारवटा विस्फोट भएको थियो। पछि, कीभको दक्षिणी क्षेत्रमा थप दुईवटा विस्फोटको आवाज सुनियो।

राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे एर्माकले भने, "रुसले फेरि एक पटक कीभमा आक्रमण गर्‍यो। मिसाइलहरूले एउटा अपार्टमेन्ट र साना बच्चाहरूको लागि एउटा विद्यालय ध्वस्त पार्‍यो।" युक्रेनी प्रहरी प्रमुख इहोर क्लिमेन्कोले उक्त आक्रमणमा पाँच जना घाइते भएको बताएका छन् । रुसले २४ र २५ फेब्रुअरीको बीचमा युक्रेनमा आक्रमण गरेको थियो। दुई देशबीच युद्ध सुरु भएको चार महिना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप