इंग्ल्याण्डका कप्तान मोगर्नले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
सोमबार, १३ असार २०७९, १६ : ४९
इंग्ल्याण्डका विश्वकप विजेता कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । यसबारे उनले मंगलबार औपचारिक घोषणा गर्ने बताइएको छ । मोर्गनको नेतृत्वमा इंग्ल्याण्डले सन् २०१९ को विश्वकप जितेको थियो भने एक दिवसीय र टी २० को वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।
३५ वर्षीय खेलाडीले सन् २०१२ मा टी–२० टोलीको नेतृत्व सम्हालेका थिए भने सन् २०१४ मा एकदिवसीय टोलीको कप्तान बनेका थिए । पछिल्लो समय उनी फर्म र फिटनेसका लागि संघर्षरत छन् । उनको स्थानमा जोस बट्लर कप्तान बन्नेछन् ।
मोर्गनले एकदिवसीय र टी २० क्रिकेटमा इंग्ल्याण्डका क्रमशः सर्वाधिक ६ हजार ९५७ र २ हजार ४५८ रन बनाएका छन् । एक दिवसीयमा २२५ खेल र टी २० मा ११५ खेल पनि इंग्ल्याण्डका लागि रेकर्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?