नाइट आउटमा जाने तयारी गरिरहेकी २० वर्षीया छात्राले शौचालयमा छोरा जन्माइन्, गर्भवती भएको पत्तो नै पाइनन्
युनिभर्सिटीकी विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् ।
जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन । अनियमित महिनावारी हुने भएकोले आफूलाई पेट दुखेको होला भन्ने सोचिन् ।
ब्रिस्टोलकी इतिहास र राजनीतिकी विद्यार्थी उनीमा गर्भावस्थाको कुनै पनि लक्षण देखिएको थिएन न नै उनका पेट पुटुक्क बाहिर निस्किए ।
इन्डिपेन्डेन्टका अनुसार डेभिसले आफ्नो छोरा फ्रेडी ओलिभर डेभिसलाई जुन ११ तारिखमा स्थानीय समयानुसार पौने पाँच बजे जन्माएकी हुन् । उनी जन्मिँदा २ किलो ४ ग्रामका थिए । छोराको जन्मपछि आमाको कर्तव्यमा उनले आफूले आफैँलाई क्रमशः ढाल्दैछिन् ।
यी नयाँ आमा, युनिभर्सिटी अफ साउथ्याम्पटनको दोस्रो वर्षमा अध्ययनरत छिन् । उनले भनिन्, ‘मेरो महिनावारी सधैँ नै अनियमित हुने गर्दथ्यो । त्यसैले मैले यसलाई खासै वास्ता गरिनँ ।’
उनी थप्छिन्, ‘कहिलेकाँही रिँगटा लागेको जस्तो हुन्थ्यो । तर त्यति नै बेला मैले नयाँ प्रेस्क्रिप्सनमा औषधी सेवन गर्न थालेकी थिएँ, त्यसैले औषधीका कारण त्यस्तो भएको होला भन्ने सोचेँ ।’
‘ऊ जन्मिनु मेरो जीवनको सबैभन्दा ठूलो झट्का हो । सुरुमा त सपना देखिएको छु कि जस्तो पनि लागेको थियो,’ उनले भनिन् ।
‘ऊ नरोएसम्म खासमा के भइरहेको छ भन्ने पनि भेउ पाउन सकिरहेको थिइनँ ।’
‘अब म परिपक्व हुनुपर्छ है भन्ने कुरा तत्काल मेरो दिमागमा आयो । सुरुवाती झट्काबाट बाहिर निस्कन र छोरासँगको बन्डिङका लागि मलाई केही समय त लाग्यो तर अहिले म असाध्यै खुसी छु ।’
‘ऊ असाध्यै ‘चिल्ड’ बेबी हो । वार्डभरी ऊ सबैभन्दा ज्ञानी बच्चाको रुपमा चिनियो ।’
जुन २२ तारिखमा उनलाई असाध्यै पेट दुखेपछि ब्युँझिइन् । उनलाई लाग्यो ‘महिनावारी पो हुन लागेँ कि ?’ त्यसपछि उनी स्थानीय पसलमा तातो पानीको बोतल किन्न हिँडेर गइन् ।
उनले भनिन्, ‘म हिँड्नसमेत सकिरहेको थिइनँ । घर पुगेपछि बेडमा समेत पल्टिन सकिनँ ।’
‘भोलिपल्ट मेरो जन्मदिन परेकोले त्यस दिन मेरो मैले हाउस पार्टीको आयोजना गर्न लागेका थियौँ । त्यसैले मैले आफूलाई राहत दिन नुहाएँ, फ्रेस हुन्छ कि भन्ने लागेको थियो तर दुखाई त बढेको बढ्यै थियो ।’
डेभिसका अनुसार उनलाई अचानक शौचालय जान मन लाग्यो । उनी शौचालय गएपछि बसिन् र कन्न थालिन् ।
‘म बच्चा जन्माउँदैछु भन्ने महसुस नै भइरहेको थिएन तर मैले कन्नु पर्छ भन्ने चाहिँ महसुस भइरहेको थियो,’ उनले भनिन् । ‘एक समय त मेरो योनी च्यात्तिएको जस्तो महसुस भयो तर के भइरहेको छ, अझैसम्म पनि थाहा थिएन ।’
‘मलाई यहाँबाट केही निकाल्नु छ भन्ने मात्रै थाहा थियो । ऊ रोएको र खासमा के भएको हो भनेर थाहा पाउनु मेरो लागि अपत्यारिलो थियो ।’
डेभिस त्यतिबेला घरमा एक्लै थिइन्, अब के गर्ने उनलाई थाहा थिएन । उनले आफ्ना मिल्ने साथी २० वर्षकी लिभ किङलाई फोन गरिन् ।
सबैकुरा सुनेपछि किङले आफ्नी साथीले नाइट आउटमा नजान बहाना बनाएकी होलिन् भन्ने सोचिन् र ‘त्यस्तो भएको भए एम्बुलेन्स बोलाऊ न त’ भनेर सुझाइन् । डेभिसले नवजात शिशुको फोटो पठाएपछि मात्रै किङले विश्वास गरिन् ।
त्यसपछि डेभिसलाई प्रिन्सेस एनी अस्पतालमा लगियो जहाँ फ्रेडीलाई इन्कुबेटरमा राख्नका लागि दौडाइयो ।
डाक्टरले फ्रेडी ३५ हप्तामा जन्मिएका हुन् कि भन्ने विश्वास गर्छन् । तर फ्रेडीको नाटकीय आगमनपश्चात् उनी र उनकी आमाको स्वास्थ्यमा निकै सुधार आइरहेको छ ।
फ्रेडीको जन्मिएको खबर किङले डेभिसकी आमालाई दिइन् । उनले किङलाई फोन गरेर ‘तिमी त्यहाँ बसिरहेकी छौ’ भनेर सोधिन् ।
भाग्यवश, डेभिसकी आमा निकै सहयोगी साबित भइन् । हजुरआमा बन्न पाउँदा उनी खुसीले गद्‌गद् भइन् ।
‘मेरी आमा संसारकै उत्कृष्ट हुनुहुन्छ । उहाँले मलाई असाध्यै सपोर्ट गर्नुभयो । हजुरआमा बन्न पाउँदा उहाँ कति दङ्ग हुनुहुन्छ,’ डेभिसले भनिन् ।
‘आमा बन्नु जीवनको सबैभन्दा ठूलो परिवर्तन हो । तर यो प्राकृतिक पनि हो जस्तो लाग्छ,’ उनले भनिन् ।
‘फ्रेडीका लागि मेरो माया र भावना कस्तो र कति छ भनेर म बयान गर्न सक्दिनँ तर यो अविश्वसनीय भने छ ।’
‘म चौबिसै घण्टा उसकै बारे सोच्छु ।’
‘मैले मेरो पढाई स्थानीय विश्वविद्यालयमा नै सार्न लागेकी छु । म मेरो घर नजिकै हुनेछ जसका कारण बच्चा हुर्काउन मलाई सहज हुनेछ ।’
उनले थपिन्, ‘ऊ हुर्किएको हेर्न चाहन्छु र हरेक कदममा उसका लागि उपस्थित हुनका लागि म उत्सुक छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता