सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा
चीनको ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् । हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् । हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।
राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा रहेका छन् । शुक्रबार सीले यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘एक देश, प्रणालीको समय समयमा परीक्षा लिइएको छ र यो सफल रहेको पुष्टि भएको छ । यस्तो राम्रो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने कुनै कारण नै छैन ।’
सीले हङकङको स्थायित्व र सुरक्षालाई सुरक्षित गर्न यो आवश्यक रहेको र यो सिद्धान्तलाई कुनै पनि समयमा सम्झौता गर्न दिन नहुनेमा जोड दिए । विश्वको कुनै पनि देशले आफ्नो राजनीतिक शक्ति आफ्नो देशलाई माया नगर्ने र धोका दिनेहरु लाई कहिले पनि दिन चाहने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै