‘झिंगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीतमा केकी र मुकुनको छमछमी
पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म हो ‘झिंगेदाउ’ । फिल्मको पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गीतमा फिल्मका मुख्य ४ कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्टको नृत्य देख्न सकिन्छ ।
तामझामका साथ ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरेर छायांकन भएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा शान्तिश्री परियार र प्रविन बेडवालको स्वर छ ।
फिल्ममा केकी, मुकुन, आँचल र कुशलको अलवा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित रहेर निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजले लेखेका हुन् ।
बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । फिल्म भदौ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
कार्यक्रममा निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले कुनै कसुर बाँकी नराखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण