गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप
शुक्रबार, २४ असार २०७९, १५ : ३४
गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।
‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् ।
एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण