शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जम्मु कश्मीरको अमरनाथमा आँधी,  १६ जनाको मृत्यु, ४० जना बेपत्ता

शनिबार, २५ असार २०७९, ०८ : ०७
शनिबार, २५ असार २०७९

भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । 

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार  साँझ अकस्मात आँधी र वर्षा सुरु भएको थियो ।  घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप