संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयकको आलोचना भइरहेका बेला ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयक गलत रहेको जिकिर गरेका हुन् ।
उनले भने, ‘हामीले हिजो पार्टी सभापतिलाई भेटेर राष्ट्रिय सभामा लगिएको संवैधानिक परिषद् सम्बन्धी विधेयक गलत छ भन्यौँ । यसमा सभापतिको ध्यानाकर्षण भएको छ । अब एक दुई दिनमा त्यो विधेयक फिर्ता हुन्छ । हिजो त्यो गलत थियो भनेर हाम्रो सभापति संवैधानिक परिषद्को बैठकमा समेत जानु भएको थिएन । आज त्यो अगाडि बढाउने कुरा हुँदैन ।’
आज पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधि विधानअनुसार चलाउने विषयमा गम्भीर छलफल हुने उनले जानकारी दिए । ‘हामी चुनावको तयारीमा लाग्नुपर्छ । साउन पहिलो साता बस्ने मन्त्रीपरिषद् बैठकले मङ्सिर पहिलो साताका लागि चुनावको मिति घोषणा गर्छ । हामी चुनाव मोडमा गएका छौँ,’ थापाको भनाइ थियो ।
उनले गण्डकी प्रदेशमा आफन्तका नाममा ट्रष्ट बनाउन बजेट विनियोजन गरेकोमा आपत्ति जनाए । उनले भने, ‘हामीले आफन्तलाई स्वकीय सचिव राख्दैनौँ भन्यौँ । तर हाम्रो नेतृत्वको गण्डकी सरकारले आफन्तका नाममा ट्रष्ट बनाउन बजेट विनियोजन गरिएको पाइयो । यसलाई रोक्न हामीले भनिसकेको छौँ । हामीलाई गल्ती गर्ने छुट छैन ।’
थापाले चिनियाँ विदेश विभाग प्रमुख लिउ जियानचाओसँग चीनविरुद्ध नेपालको भूभाग प्रयोग हुन नदिने बताएको जानकारी दिए । उनले चीनले नेपालका सबै राजनीति दलप्रति पनि समान व्यवहार देखाउनुपर्ने जिकिर गर्दै एउटा पार्टीसँग एउटा र अर्को पार्टीसँग व्यवहार देखाउनुभएन भनेर कुरा राखेको स्पष्ट पारे । ‘हामी कुनै सैन्य गठबन्धन सहभागी हुँदैन भनेर प्रष्ट पारेका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण