पार्टीहरूले आफूलाई बदल्न जरुरी छ : श्रेष्ठ
सोमबार, २७ असार २०७९, ११ : ०१
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका छन् । श्रेष्ठले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताउँदै देशलाई बदल्न पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई सारतत्त्वमा आत्मसात् गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को २०७८ मा बसेको केन्द्रीय समितिको बैठक र पुसमा सम्पन्न आठौँ महाधिवेशनले आफूलाई रूपान्तरण गर्ने निष्कर्ष सहित त्यस दिशामा घनिभूत ढङ्गले अघि बढ्ने सङ्कल्प गरेको थियो । त्यसप्रति इमानदार एवं प्रतिबद्ध बनौँ र एकताबद्ध भई रूपान्तरणको प्रक्रियामा हेलिऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण