बाबुराम पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्य उपस्थित
मङ्गलबार, २८ असार २०७९, १३ : २१
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो ।
कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने उनले बताए । साँझसम्म मात्र यकिन सङ्ख्या भन्न सकिने उनले बताए । जसपा अर्को नेता दीपक महतोले कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको दाबी गरे । पार्टीको केन्द्रीय समितिको सदस्य सङ्ख्या ४९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण