गगनको कटाक्ष : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु
नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले गभर्नर अधिकारीमाथि कटाक्ष गरेका हुन् ।
मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई सुझाव लिएको थापाको भनाइ छ । ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’
यस्तै उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए । ‘तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ उनी भन्छन् ।
परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमा गरिनुपर्छ थापाको भनाइ छ ।
शेयर बजारमा सुधार गर्ने भनेर ल्याइएको ४–१२ को नीतिले ठूला घरानालाई पोस्ने, सानालाई कस्ने काम भएको थापाले बताए । ‘शेयर बजारमा सुधार गर्ने भनेर ४–१२ को नीति ल्याइयो । यसले ठूला घरानालाई पोस्ने, सानालाई कस्ने काम भयोऽ उनले भने । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम न आइसकेपछि अब यसलाई सच्याउनुपर्ने थापाको जोड छ। उनले भने, ‘यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण