गायिका सत्यकला राई पुरस्कृत
बुधबार, २९ असार २०७९, २० : १२
गायिका एवं प्राज्ञ सदस्य सत्यकला राई ‘प्रदेश भाषा, कला संस्कृति पुरस्कार २०७८’ बाट सम्मानित भएकी छन् । भाषा, साहित्य, कला एवं संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश नं १ सरकारले उनलाई शो पुरस्कारबाट पुरस्कृत गरेको छ ।
पर्यटन तथा संस्कृति मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनलाई नगद ५० हजारसहित पुरस्कृत गरे । दुई दशकदेखि गीत संगीत क्षेत्रमा क्रियाशील गायिकाका सयौं गीतहरू रेकर्ड भएका छन् ।
तिमीलाई हङकङ पुर्यायो आइडी काडैले, तिमी मसँग नबोल्ने अरे, पूर्वै धरान, ढडिया थापिदेऊ है साइँला, इन्टरनेटैमा लगायत उनका दर्जनौं गीतहरू निकै लोकप्रिय छन् । गायिका राई प्रदर्शनको तयारीमा रहेको फिल्म काँडेतारको कार्यकारी निर्माता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण