बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठक सोमबार फेरि बस्ने

शनिबार, ३२ असार २०७९, २० : २९
शनिबार, ३२ असार २०७९

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार फेरि बस्ने गरी आज सकिएको छ । बैठक ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय पदाधिकारीहरू उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु— प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा राखेका थिए । बैठक गत असार २७ गतेदेखि सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप