अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नीति र कार्यक्रमलाई बजेटबाट समेट्ने बताएका हुन् ।
यतिबेला बजेट बनाउनु अघि काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा छलफल भइरहेको पुनको भनाई छ । त्यसक्रममा आएका सुझाव आफैँ र अर्थ सचिवले समेत टिपोट गरेकाले देशको पछिल्लो परिस्थिति अनुसार बजेट आउने अर्थमन्त्रीको भनाई छ ।
‘एक थरी साथी निकासीलाई प्रोत्साहन गर्न हुँदैन भन्छ । अर्को थरी साथी निकासी प्रोत्साहन गर्न पर्छ भन्छ,’ अर्थमन्त्रीले भने, ‘यस्तै कतै निजी क्षेत्रले सरकारले खर्च बढाएन भन्छ । कुनै मञ्चमा सरकार बजेटको आकार नबढाउन सुझाव दिन्छ । यसमा एकमत भएन ।’
यद्यपि यी विषयमा सन्तुलन मिलाउने जिम्मेवारी सरकारको भएको अर्थमन्त्रीले बताए । यस्तै बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको उनले बताए । सरकारले निरन्तर भुक्तानी गरिरहेको बताउँदै उनले भने, ‘सृजना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको छ । अबको बाँकी समयमा भुक्तानीलाई तीव्रता दिने तयारी सरकारकाे छ ।’
दायित्व सृजना भएपछि सरकार पछि नहट्ने आश्वासन मन्त्री पुनले दिए । राज्यले सुरु गरेको आयोजनालाई निरन्तरता दिने र सृजना भएको भुक्तानीबाट पछि नहट्ने पुनको भनाई छ । यसबाहेक कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, भैरहवा विमानस्थल र पोखरा विमानस्थल चलाउन करमा सकारात्मक निर्णय हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण