वैद्यको पार्टी निकट विद्यार्थीका अध्यक्ष पक्राउ, विरोधमा सङ्घर्षका कार्यक्रम घोषणा
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई राजधानीको बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यहीबीचमा बिना कारण संगठनका अध्यक्ष मिलनलाई पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेर सो सङ्गठनका सदस्यहरूले बुधबार जिल्ला प्रहरी परिसर टेकु परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
यसैबीच राईलाई प्रहरीले अपहरण शैलीमामा पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी)ले सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।
सङ्गठनका सहसंयोजक पेशल दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
जसअनुसार आज कोण सभा गर्ने, जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन गर्ने , ५ गते मसाल जूलूसगर्नेलगायतका सङ्घर्षका कार्यक्रम घोषणा गरिएको छ ।
चितवनमा केही दिनअघि एक निजी स्कुलको बस जलाइएको घटनामा वैद्य निकट विद्यार्थी संगठनको संलग्नता रहेको दाबी गरिएपनि सो संगठनले त्यसको खण्डन गर्दै आएको छ । सोही विषयलाई समेत लिएर राईलाई पक्राउ गरिएको हुनसक्ने सो विद्यार्थी सङ्गठनका नेताहरूले आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण