प्रचण्ड र ओलीसँग भेटेपछि रविले भने– प्रश्न उठेपछि बोल्न पाउनुपर्छ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्याएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए ।
‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, लामिछानेले सञ्चारकर्मीसँग भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्यो । त्यो अधिकार पनि हो ।’
उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए । ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ । नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ’, लामिछानेको भनाइ छ ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण