प्रेमराजा महतले ल्याए नयाँ गीत ‘पीपल डाँडे साइँली’
लोक गायक प्रेमराजा महतको नयाँ गीत ‘पीपल डाँडे साइँली’ सार्वजनिक गरिएको छ । गीत गायनमा महतलाई गायिका अस्मिता परियारले साथ दिएकी छन् । ट्रि इन्टरटेनमेन्टको प्रस्तुतिमा लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताए ।
गीतको भिडियो दीपक नेपालीले निर्देशन गरेका छन् । महतसहित दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।
दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानी रहेको भिडियो नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।
महतले यो गीत कोर्दा एक मोहरमा २ दाना अम्बा पाइने गरेको भन्दै अहिले समय फेरिएको बताए । गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण