शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र ३ नं प्रदेशसभा ‘क’ र ‘ख’ मा राजपा विजयी

सोमबार, २५ मङ्सिर २०७४, १४ : ०५
सोमबार, २५ मङ्सिर २०७४

 महोत्तरी- जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो । 

त्यस्तै उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल राय यादवले नौ हजार ३९३ मत ल्याउनुभएको हो । यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना अझै जारी रहेको छ । 
यसैगरी महोत्तरी जिल्लाको क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा राजपा नेपालले विजयी हासिल गरेको छ । 

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा राजपा नेपालका अभिराम शर्माले ९,११७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का रामआधार कापरले ५,५०९ ल्यानुभएको छ । 

त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि राजपा नेपालकै रानीकुमारी तिवारीले ७,४३० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले ५,५९८ मत ल्याउनुभएको छ । 

यसअघि गएराति करिब ७ बजे ९यस क्षेत्र० निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका संयाजक महन्थ ठाकुरले २७ हजार पाँच मत ल्याएर विजयी हुनुभएको छ । 

महोत्तरी जिल्ला क्षेत्र नं २ मा राजपा नेपालको प्यानल विजयी भएको छ । 
प्रतिनिधिसभा क्षेत्र नं २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले ३० हजार ७२२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा ९क० मा राजपा नेपालकै जयनुल राइनले 
१४ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले छ हजार ४७८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा ९ख० मा पनि राजपा नेपालकै सुरिताकुमारी साह १५ हजार ४४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै राजकरणप्रसाद साह सुडीले छ हजार ४९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप