‘नायक’ को सिक्वेलको तयारी भइरहेको निर्माताद्वारा पुष्टि
मुम्बई । केही दिनयता निर्माणपक्षले चलचित्र ‘नायक’को सिक्वेल बनाउने तयारी गरिरहेको खबरहरू आइरहेका थिए । अहिले फिल्मका निर्माता मुकुटले हालै एक अन्तर्वार्तामा फिल्मको सिक्वेलको काम भइरहेको पुष्टि गरेका छन् ।
निर्माताहरूले चाँडै चलचित्रको घोषणा गर्न सक्ने बताइएको छ । अहिले फिल्मको कथाको काम भइरहेको छ । पछिल्लो पटक जस्तै यस पटक पनि अनिल कपुर र रानी मुखर्जीको जोडी देखिने अपेक्षा गरिएको छ ।
निर्माता मुकुटले मिड डेसँगको अन्तर्वार्तामा भने, ‘हामी सिक्वेल बनाउने तयारीमा छौँ । फिल्मको राइट्स निर्माता एएम रत्नमसँग धेरै पहिले नै किनेको थिएँ । हामी सबै मुख्य कलाकार र अन्य कलाकारहरूलाई ध्यानमा राखेर स्क्रिप्टमा काम गरिरहेका छौँ। लेखन कार्य सम्पन्न हुने बित्तिकै हामी थप योजना बनाउँछौँ। फिल्म कसले निर्देशन गर्ने भन्नेबारेमा छलफल भइरहेको छ । १–२ जना निर्देशकको बरेमा सोचेका छौँ तर कसैको नाम फाइनल भएको छैन ।’
मुकुटले अनिल कपुर र रानी मुखर्जीसँग फिल्मको बारेमा कुराकानी भइरहेको पनि बताए । नयाँ पात्र को को बन्ने भन्ने बारे कुनै योजना बनाइएको छैन । प्राप्त जानकारी अनुसार दोस्रो भागको कथा अघिल्लो भागमा समाप्त भएको ठाउँबाट सुरु हुनेछ ।
एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो। यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए। फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण