शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि

सोमबार, २५ मङ्सिर २०७४, १९ : २०
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं– काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ ।  सो क्षेत्रमा नेकपा एमालेभन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९११ र एमालेले छ हजार ५०८ मत पाएका छन् । 

यसैगरी नेकपा माओवादी केन्द्रले एक हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौँका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप