रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

person explore access_timeसाउन १२, २०७९ chat_bubble_outline0

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।


प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।



पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति भएको प्रहरीको भनाइ छ । कल सेन्टरबाट हुने अवैध धन्दामा उनको संलग्नता रहेको आशंकामा प्रहरीले सुरुमै पक्राउ गर्न खोजे पनि उनी फरार थिए ।छापा मार्दा भारतको बिहार राज्यका निरञ्जन कुमारसहित दाङ,  घोराही उपमहानगरपालिका–१३ का हिमाल बाठा मगरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । घटनाबारे आवश्यकता अनुसार कल सेन्टरका अन्य २४० जना कर्मचारीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।



सीआईबीको टोली ३ दिनपछि फिर्ता

कल सेन्टरबाट भएको ठगीबारे अनुसन्धान गर्न काठमाडौंबाट आएको सीआइबीको टोली ३ दिनपछि फिर्ता गएको छ । डीएसपीको कमान्डमा आएको दुई सदस्यीय टोलीले प्राविधिक पाटोको अनुसन्धान गरेर फर्किएको जनाइएको छ ।

टोलीले कल सेन्टरमा रहेका कम्प्युटर, मोबाइल आदिको अनुसन्धान गरेको छ । केही आवश्यक सामग्रीहरु सीआइबीको टोलीले थप अनुसन्धानका लागि काठमाडौं लगेको छ । कल सेन्टरमा प्रहरीले छापा मार्दा २५६ कम्प्युटर, ६ थान ल्यापटप लगायतका सामग्री बरामद गरेको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।