ad
x

नौ महिनामै अलग्गिए किम र पीट

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुङ्ग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन् । किमले केही हप्ता अघिमात्र मिडियालाई आफूहरुको प्रेमको विकासका बारेमा जानकारी दिएकी थिइन् । 


यो जोडी आ–आफ्नो काममा लगातार व्यस्त हुनु र व्यस्त समय तालिकाले एकअर्कालाई भेट गर्ने वातावरण नबन्नु नै अलग्गिने कारण रहेको सञ्चारमाध्यमले जनाएका छन् । किम र पीट सन् २०२१ अक्टोबरदेखि डेटमा थिए । उनीहरुले एकअर्कालाई प्रेमीभन्दा पनि साथीका रुपमा व्यवहार गर्ने उल्लेख गरेका छन् ।



२८ वर्षका पीट र ४१ वर्षकी किम आ–आफ्नो काममा व्यस्त छन् । कामको हिसाबमा पीट किमभन्दा धेरै सहज छन् । पीट आफूसँगै किमलाई आफूले चाहेको स्थानमा लैजान चाहन्छन् । तर किमलाई पीटको यो बानी मनपर्दैन । किनकी किम पीटलाई भन्दा पनि आफ्ना सन्तानलाई ध्यान दिन चाहन्छिन् । किमको पूर्व पति कान्ये वेस्टबाट चार सन्तान छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।