सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको बन्दले वीरगन्जको जनजीवन प्रभावित

बुधबार, १४ असार २०७४, ११ : ०१
बुधबार, १४ असार २०७४

वीरगन्ज –राष्ट्रिय जनता पार्टी पर्साले आह्वान गरेको बन्दका कारण आज विहानै देखि वीरगंजको जनजीवन प्रभावित भएको छ । 


बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेको छैन भने बजार, कलकारखाना र शैक्षिक संस्था चल्न सकेका छैनन् । विहान विद्यालय जान भनि हिँडेका बालबालिकाहरु विद्यालय पुगेर बन्द भन्ने थाहा पाएपछि फर्किएका थिए ।

       बन्दकर्ताले आज विहानैदेखि वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्ली, बाईपास लगायतको क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, दुधको गाडि, शववाहन लगायत अत्यावश्यक प्रयोजनमा हिँड्ने सवारीलाई भने रोक नलगाईएको राजपाका नेता शिव पटेलले जानकारी दिए |

       प्रदेश नम्बर १, ५ र ७ मा दोश्रो चरणको स्थानिय निकायको निर्वाचन अन्तर्गत आज मतदान भईरहँदा दुई नम्बर प्रदेशका जिल्लाका सर्वसाधारण भने बन्दको मार खेप्न बाध्य भएका छन् ।

राजनितिक दलको अकर्मण्यताको कारण निर्वाचनको मिति सरेको र लगातार बन्दको मार खेप्नु परेकोमा सर्वसाधारण राजनितिक दल र सरकारप्रति आक्रोशित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप