शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

सोमबार, २३ साउन २०७९, १५ : ४५
सोमबार, २३ साउन २०७९

महालक्ष्मी विकास बैंकलेसबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप