शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार, २४ साउन २०७९, १० : ५६
मङ्गलबार, २४ साउन २०७९

हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ । 

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप