नेप्सेमा ४३ अंकको पहिरो, कारोबार २ अर्ब ८१ करोडमा खुम्चियो
मङ्गलबार, २४ साउन २०७९, १६ : ०३
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४३.३५ अंकले घट्दै २० हजार ६२.८० अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १७.१५ अंकले घटेर २१ सय ६.१५ अंकमा अडिएको थियो ।
यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.६८ अंकले घट्दै ३९७.४३ अंकमा झर्न पुगेको छ । ४३ अंकले घटेको बजारमा आज कारोबार रकम समेत खुम्चिँदै २ अर्ब ८१ करोडमा सीमित भएको छ । १३ वटा उपसूचक मध्ये १३ वटै उपसूचक आज ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.९५ प्रतिशतले मात्र घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न