टेनिस स्टार सेरेनाको सन्यास
बुधबार, २५ साउन २०७९, ०६ : १६
टेनिस महिला स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् ।
उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।
४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन् । उनीले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन् । हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक