युक्रेनको आणविक संकट समाधान गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै
बिहीबार, २६ साउन २०७९, ०८ : १९
युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ ।
रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् ।
मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षिणपूर्वी युक्रेनको जापोरिज्हिया पावर प्लान्टनजिकै भएको थियो । यो प्लान्ट युरोपकै सबैभन्दा ठूलो मानिन्छ । रुसी सेनाको हमलाले अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण