कतार विश्वकप अब एकदिन अगाडि नै !

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।
सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ।
जसअनुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो।
यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्यूरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन्।
कतार विश्वकप यसअघि नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?