खोडपेमा ४५ लाखको लागतमा शीत भण्डार निर्माण

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीत भण्डार निर्माण गरिएको हो ।  


दश टन क्षमताको उक्त शीत भण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीत भण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ । 



शीतभण्डारका सञ्चालक ललितमोहन भट्टका अनुसार बैतडीका किसानले उत्पादन गरेको कृषि उपजलाई भण्डारण गर्न सहज होस् भनेर शीत भण्डार निर्माण गरिएको हो । उनले भने, “खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नपाउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ र मूल्य पाउँदा बिक्री गर्न सहज हुन्छ । ”
 
शीत भण्डार सञ्चालनमा आएसँगै राहत हुने  किसानले बताएका छन् ।  बजार अभावमा आलु बिक्री गर्न निकै समस्या हुने गरेको तथा बारीमै कुहिने समस्याको अन्त्य भएको स्थानीय किसान केशब विष्टले बताए। 



बैतडीको पाटन नगरपालिकाकाको खोडपे आसपासका क्षेत्रमा सबैभन्दा बढी आलु, बन्दा, काउली र गोलभेँडा उत्पादन हुन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।