शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायी निराजनबहादुर चलाउने टीईपीसी बोर्ड सदस्यमा नियुक्त

बिहीबार, २६ साउन २०७९, २० : ३२
बिहीबार, २६ साउन २०७९

युवा व्यवसायी निराजनबहादुर चलाउने व्यापार तथा प्रवर्द्धन केन्द्र (टीइपीसी) को बोर्ड सदस्यमा नियुक्त भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा बिहीबार चलाउने बोर्ड सदस्यमा नियुक्त भएका हुन् । 

उनीसँगै मनोहर कोइराला पनि बोर्ड सदस्यमा नियुक्त भएका छन् । चार वर्षदेखि रिक्त पदमा बिहीबार पद पूर्ति गरिएको हो । दिपेन्द्र श्रेष्ठ र आशिषमान शेरचन बाहिरिएसँगै खालि रहन पुगेको दुई पदमा बिहीबार चलाउने र कोइरालालाई नियुक्त गरिएको टीईपीसीका कार्यकारी निर्देशक शरदबिक्रम राणाले जानकारी दिए।

राणाका अनुसार व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति (गठन) आदेश, २०६३ अनुसार दुई जनालाई सदस्य पदमा नियुक्त गरिएको हो। बोर्ड सदस्यले व्यापार तथा निकासीका लागि विभिन्न योजना बनाउन सहयोग गर्नेछन् । नमस्ते एग्रो इन्डस्ट्रिज प्रा.लि.का सञ्चालक चलाउने नेपाल उद्योग वाणिज्य महासंघको ट्रेड फेयर कमिटीका सदस्य समेत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप