शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लाल सिंह चढ्ढा’ फ्लप भएपछि वितरकले माग्यो​ आमिरसँग  क्षतिपूर्ति

सोमबार, ३० साउन २०७९, २१ : २९
सोमबार, ३० साउन २०७९

आमिर खान अभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ फ्लप भएको छ । अभिनेता खान फिल्म फ्लप भएपछि दुःखमा छन् ।

मिडिया रिपोर्टका अनुसार वितरकले फिल्मको कारण निकै नोक्सानी व्यहोर्नु परेको छ । उनले निर्माण पक्षसँग नोक्सानीको क्षतीपूर्ती माग गरेका छन् । आमिर फिल्मका निर्माता पनि हुन् । समाचारका अनुसार आमिरले फिल्म फ्लप भएको जिम्मेवारी आफैले लिएका छन् । तर यस विषयमा उनले आधिकारीक  भनाई भने सार्वजनिक गर्न बाँकी छ ।

रिपोर्टका अनुसार डिस्ट्रीब्यूटर्सले मागेको नोक्सानीको भरपाई  निर्माण पक्ष दिन तयार छ । फिल्ममा आमिरको अलवा करिना कपुर खानको समेत मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप