‘माया प्रमाणित गर्न’ किशोरीले एचआईभी संक्रमित प्रेमीको रगत चढाइन्
माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो भइन् कि उनले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गरिन् ।
भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाएकी छिन् । एचआइभीद्वारा संक्रमित प्रेमीको रगत आफूमा चढाएर उनले आफ्नो माया व्यक्त गर्न खोजेकी छिन् ।
मायामा हामीले जे जति कुरा गछौँ त्यो कहिलेकाँही मुर्खतापूर्ण र जोखिमयुक्त हुन्छ । भारतको आसामकी यी किशोरीकै उदाहरण लिन सकिन्छ । स्नेहको यो असामान्य प्रदर्शनको खबरले १५ वर्षीया किशोरीको परिवारलाई मात्रै होइन, सुन्ने जति सबैलाई स्तब्ध पारेको छ ।
नाम नखुलाइएकी किशोरी र उनका प्रेमी विगत तीन वर्षदेखि सम्बन्धमा थिए । यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । एचआइभीद्वारा संक्रमित केटा भारतकै हाजो प्रान्तका हुन् । विगतमा यी दुईले दुईपटक भाग्ने कोसिससमेत गरेका थिए तर किशोरीका परिवारले उनीहरुको खोजी गरेर छोरी फिर्ता ल्याएका थिए ।
तर यसपटक भने आफ्ना प्रेमीसँग भाग्नुको साटो, १५ वर्षीया किशोरीले उनका लागि आफ्नो प्रेम प्रमाणित गर्ने अझ चरम बाटो अपनाएकी छिन् । उनले सिरिन्ज लिइन् र एचआईभीद्वारा संक्रमित प्रेमीको रगत आफूलाई इन्जेक्ट गरिन् । आफूले के गरिरहेको छु भनेर उनलाई राम्रोसँग थाहा पनि थियो । ती केटालाई प्रेमिकाको यस्तो व्यवहार थाहा छ कि छैन भनेर स्पष्ट जानकारी छैन ।
हाजोमा प्रहरीले युवतीका प्रेमीलाई यसअघि नै नियन्त्रणमा लिएको छ भने उनका अभिभावकले उनीविरुद्ध उजुरी दिएका छन् । किशोरी हाल डाक्टरको निगरानीमा छन् तर एचआइभी भाइरसले उनको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्नबाट जोगाउनका लागि अब जीवनभरी औषधि लिनुपर्ने सम्भावना भने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए