स्थानीय सहभागितामा व्यवसायीलाई सम्झाउँदै महानगर
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर अनौपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाई, यात्रुले सडकबाट हिँड्नु पर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको हो ।
यससँगै औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता बिगार्न अनुरोध गर्ने गरिएको छ । ‘अहिले हामीले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेका छौँ । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले भने,‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन । त्यसैले अनौपचारिक व्यापारलाई औपचारिक बनाउनुस् । महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।’ अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयमसेवक परिचालन गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप