ह्वावेद्वारा सीड्स फर द फ्युचरको उद्घाटन
ह्वावेले सीड्स फर द फ्युचर-२०२२ को उद्घाटन गरेको छ । यो ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम भएको कम्पनीको भनाइ छ । जुन सबै आईसीटी सम्बन्धी विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएको कम्पनीले जनाएको छ ।
यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो । नेपालबाट छनोट भएका ७ विद्यार्थीको सूची यसप्रकार छ-
निर्माण खड्का - काठमाडौं विश्वविद्यालय
बंशज पौडेल - मदन भण्डारी मेमोरियल कलेज
जतिन भुसाल - ख्वोपा ईन्जिनियरिङ कलेज
रीया बैद्य - पुल्चोक क्याम्पस
नदिका पौडेल - पुल्चोक क्याम्पस
प्रज्ञा मल्लिक - काठमाडौं विश्वविध्यालय
अजु तामाङ् अमृत साइन्स क्याम्पस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न