युक्रेनका राष्ट्रपतिले राष्ट्र सङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने भएको छ । यसै हप्ता उनीहरुसँग भेटवार्ता गर्न लागेको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो ।
समाचारमा जनाइएअनुसार सो भेट युक्रेनको पश्चिमी शहर एलभिवमा हुन लागेको हो । बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन । त्यसपछि शुक्रबार राष्ट्र सङ्घीय महासचिव गुटर्रेसले युक्रेनको दक्षिणी ओडेसा शहरको बन्दरगाह भ्रमण गर्ने पनि बताइएको छ ।
यही जुलाई २२ मा संयुक्त राष्ट्रसङ्घको समेत उपस्थितिमा सो बन्दरगाहबाट युक्रेनका र अन्य देशबाट आएका खाद्यान्न निकासी गर्न दिने बारेमा युक्रेनले हस्ताक्षर गरेको थियो ।
सो सम्झौता अगष्ट १ देखि कार्यान्वयनमा आएको छ र त्यसयता उक्त बन्दरगाहबाट मात्र पाँच लाख ६३ हजार मेट्रिक टन खाद्यान्न निर्यात पनि भएको छ । युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ । अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ । रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण