काबुलको मस्जिदमा शक्तिशाली विस्फोट, धेरैको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै मानिसको मृत्यु भएको आशंका गरिएको छ । बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो । एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ । यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन । काबुलमा, तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर(पश्चिममा भएको जानकारी दिएको थियो ।
विष्फोटमा सिद्दीकी मस्जिदका इमामको पनि मृत्यु भएको केही रिपोर्टमा बताइएको छ । यद्यपी विष्फोटको पछाडि कसको हात रहेको भन्ने अहिलेसम्म खुलेको छैन । एक साताअघि काबुलमा तालिवान समर्थक मौलानाको आत्मघाती हमलामा मृत्यु भएको थियो । इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको छ ।
काबुलमा कार्यरत इटालियन एनजीओ ‘इमर्जेन्सी’ ले अहिलेसम्म तीन जनाको ज्यान गएको जनाएको छ । एनजीओले एक ट्वीटमा जानकारी गराए अनुसार विस्फोटमा पाँच बालबालिका सहित २७ जना घाइते भएका छन् ।
यस्तै एक तालिबान गुप्तचर अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार विस्फोटमा अहिलेसम्म कम्तिमा ३५ जना घाइते भएका छन् वा मारिएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका भवनका झ्यालका सिसासमेत फुटेका थिए ।
एक अधिकारीले नाम नछाप्ने सर्तमा काबुलको खैर खाना क्षेत्रमा रहेको मस्जिदमा विस्फोट भएको बताए । विष्फोट भएको स्थानमा गुप्तचर टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?