शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानको आकाशमा गस्ती गर्दै चिनियाँ विमान

बिहीबार, ०२ भदौ २०७९, ०८ : ३९
बिहीबार, ०२ भदौ २०७९

ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।

पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।

यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्छ भने ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप